धनगढीको हिलवर्ल्ड स्कुलद्धारा कैलाली जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्रीहरु सहयोग
धनगढी: धनगढीमा रहेको धनगढी हिलवल्र्ड ईङ्गलिस बोर्डिङ स्कुल कैलाली जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्रीहरु सहयोग गरेको छ। भदौ २४ गतेको जेनजी पुस्ताको आन्दोलनले गदा प्रशासन कार्यालयमा आगजनी तथा तोडफोड गरेपछि हिलवर्ल्ड स्कुलले सामग्रीहरु सहयोग गरेको हो ।
धनगढी उपमहानगरपालिका–१ मा अवस्थित हिलवर्ल्ड ईङ्गलिस बोर्डिङ स्कुलले आइतबार एक विशेष कार्यक्रममाका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बम र प्रधानाध्यापक डि.आर. शर्माले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई टेबल, कुर्सी, दराज गायतका सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बमले हिलवल्र्ड स्कूलले शैक्षिक गतिविधिसँगै सामाजिक र मानवीयकार्यमा पनि निरन्तर अग्रसरता देखाउँदै आएको उल्लेख बताए । उनले धनगढी उपमहानगरपालिका–१३ मा दृस्टि फाउण्डेशन स्थापना हुनुपुर्व नै हिलवल्र्ड विद्यालय सामाजिक र मानवीय सेवामा सहयोग गर्ने पहिलो संस्था रहेको बताए। अध्यक्ष बमले यस्ता संकटका समयमा सबैले आपसी सहयोग र सहकार्यमाा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै एकता र सहयोगका लागि सामूहिक अपिल पनि गरेका थिए । जुनसुकै विपद्मा जहिले पनि हिलवर्ल्ड अगाडि उभिने गरेको उनले बताए ।
यस्तै सहयोग सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा प्रधानाध्यापक शर्माले हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्ला प्रशासन कार्यालयमा भौतिक संरचनात्मक क्षति पुगेको हुँदा सेवा प्रवाहमा समस्या आएको भन्दै विद्यालयको तर्फबाट मानवीय र सामाजिक उत्तरदायित्व स्वरूप आवश्यक सामग्री सहयोग गरिएको जानकारी दिए । उनले देशभर नै असहज परिस्थिति कायम रहँदा समेत प्रशासनजस्तो सेवा केन्द्रित संस्थाको दैनिक कामकाज सहज रुपमा सञ्चालन हुनु आवश्यक भएको उल्लेख गरे । शर्माले यसखाले सहयोगले प्रशासनको नियमित सेवा सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजबहादुर बम, प्रधानाध्यापक शर्मा तथा विद्यालय परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे । उनले यस्तो कठिन परिस्थितिमा गरिएको सहयोगले प्रशासनलाई राहत मिलेको र समुदायसँगको सम्बन्ध अझ मजबुत भएको बताए । जेनजी आन्दोलन गर्दा जिल्लामा प्रशासनको पुरानो भवन ध्वस्त भएको थियो । भने नयाँ भवनमा रहेका सबै सामग्रीहरु जलेर नस्ट भएका थिए । विभिन्न संघ संस्थाहरुको सहयोगमा प्रशासनले सहयोग नागरिकहरुको सेवा सुचारु गरिरहेको छ ।