अछाम कारागार तनावग्रस्त, सुरक्षामा नेपाली सेना
अछाम : अछाम कारागारका कैदीहरूले आन्दोलन गरेपछि केही घण्टा अछाम कारागार तनावग्रस्त भएको छ।
कारागारमा रहेका कैदीबन्दीले बिहानैबाट दिउँसोसम्म आफूलाई जेल बाहिर जान दिनपर्ने भन्दै कारागारभित्र माग राखेर आगजनीको प्रयास गरेकोले तनावग्रस्त भएको हो।
कारागारमा तनाव भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारैतिर कडा सुरक्षा व्यवस्था मिलाएका छन्। अहिले अवस्था शान्त भएको जेलर इन्द्र चौधरीले बताए।
जेन्जीको नाममा अछाममा मंगलबार नेपाली काँग्रेस, नेकपा ९एमाले० र मंगलसेन नगरपालिकामा तोडफोड गरिएको छ। एमाले पार्टी कार्यालयमा तोडफोडपछि आगजनी गर्ने क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए। आन्दोलनकर्ताले बजारभर नाराबाजी गरेर बीच बजारमा टायर समेत बालेका थिए।
बुधवार आन्दोलनमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय अछामले बिहीबार बिहानसम्मका लागि जिल्लामा निशाध्याज्ञा जारी गरिएको छ। सदरमुकाम सहितका अन्य स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्।