गृह मन्त्री लेखकको नैतिक जिम्मेवारी स्वरूप राजीनामा गर्ने तयारी
काठमाडौँ: गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी स्वरूप राजीनामा गर्ने तयारी गरेको बताएका छन्। उनले नेपाली कांग्रेसका पदाधिकारीहरुलाई यसबारे जानकारी गराएका हुन्।
सोमबार सरकारले गरेको दमनका कारण १९ जनाको मृत्यु भएपछि मन्त्री लेखकले यस्तो निर्णय गरेका हुन्। प्रहरीको गोली प्रहारबाट १७ जना काठमाडौंमा र २ जना इटहरीमा मृत्यु भएको हो।
प्रहरीको दमनमा परि ३०० भन्दा बढी घाइते भएका छन्।