सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका एक फरार प्रतिबादी पक्राउ

२०८२ भदौ २३, ०८:१८ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराका एक जना फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना ११ दिन कैद सजाय तोकिएपछि फरार रहेका अमरगढि नगरपालिका–२ कुसमाली बस्ने २२ वर्षीय ललित ऐर पक्राउ परेका हुन्। ऐरलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस