धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ
२०८२ भदौ २१, ०८:४२
धनगढीः धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१ नेपाल टेलिकम नजिकबाट सोही धनगढी उपमहानगरपालिका–६ बस्ने २५ वर्षीय सिम चौधरीलाई ५५० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले शुक्रवार पक्राउ गरेको हो। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस