धनगढीमा लुगा–कपडा संकलन र वितरण शुरु
धनगढीमा लुगा–कपडा संकलन र वितरण शुरु गरिएको छ। रोयल कोलाबे्रटीज प्रालिले धनगढीमा निःशुल्क लुगा–कपडा संकलन र वितरण शुरु गरेको हो। कोलाब्रेटीजका अध्यक्ष गजेन्द्र शाहीले धर्म नै सेवा मानेर गरिव–असहायका लागि निःशुल्क लुगा–कपडा, जुक्ता, चप्पल तथा किताब वितरण शुरु गरेको बताए।
युवाहरु गजेन्द्र शाही, सुर्यप्रकाश भट्ट, देवेन्द्र जोशी लगातको सकृयतामा लुगा–कपडा संकलन र वितरण थालिएको हो। धनगढीको डिभोटी चौक, एलएन चौक र सेती अस्पताल क्षेत्रबाट लुगा–कपडा निःशुल्क वितरण गर्ने र संकलन गरिने उनीहरुले बताएका छन्। सुदूरपश्चिम प्रदेशको दुई सय ५० बढि स्थानबाट लुगा–कपडा संकलन र वितरण गर्ने लक्ष्य रहेको छ।