खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाको शव फेला
धनगढीः कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ।
गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा दिउँसो २ बजेतिर धनगढीका चार किशोर बेपत्ता भएका थिए।
बेपत्ता भएका चारै जनाको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए। मृत भेटिनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी रहेका छन्।
उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्दार गरिएको छ। मृतकको शव परीक्षणका लागि अस्पताल ल्याइदैछ।