सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिपालमुनी रात काट्दै बाजुराको विछ्या र कावाडीका पहिरो पिडित

२०८२ भदौ १२, ०४:०४

बाजुराः बाजुराको बिच्छ्या र कवाडीवासी यतिबेला घरबासको परर्खाइमा रहेका छन् ।

गत साउन २८ गते राति अविरल बर्सातसँगै आएको बाढीले उनीहरूको घरबास सबै बगाएपछि यति बेला उनीहरू घरबासको पर्खाइमा रहेका हुन्। हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिममा परेका छन् भने यहाँको वडा नं.–५ कवाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति भएका छन्। अहिले यहाँका स्थानीय त्रिपालको सहारामा रात काटिरहेका छन् । 

घर बाढीले बगाएपछि अहिले खुला आकाशमा त्रिपालमुनीको बास गरिरहेको हिमाली गाउँपालिका–१, बिच्छ्यामा  सुवलाल थापाले बताए।  उनले भने, “घरसँगै खानेकुरा पनि सबै बगायो । खानका लागि त गाउँपालिकाले चामल दिएको छ तर बस्ने घरको समस्या छ ।” जसरी स्थानीय सरकारले हामीलाई विपत्को बेला राहत सहयोग गर्दै आएको छ। त्यसै गरी घरको व्यवस्था गरिदिन पनि उनले आग्रह गरेका छन्।  

बाढीपहिरोले यहाँ मानवीय क्षति नभए पनि यहाँ भौतिक पूर्वाधारमा भने ठुलो क्षति भएको छ। यहाँका स्थानीयका घर, छाना, जग्गा जमिन, पुल, सडक, विद्यालय र खानेपानीलगायतका थुप्रै भौतिक पूर्वाधार ध्वस्त पारेको हिमाली गाउँपालिकाले जनाएको छ। 

पालिकाले आफूले सक्ने जति राहत वितरण गरिसकेको छ । उनीहरूको बास, कपासका लागि अन्य स्थानीय प्रदेश र सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गर्दै आएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए। पीडितका लागि  घरबासको व्यवस्थाका लागि गृह मन्त्रालयमा पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी शीतलबहादुर रातलले बताएका छन्।

 

 

    

कमेन्ट लोड गर्नुस