सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८२ भदौ १२, ०१:३४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन्।

बुधवार धनगढी उपमहानगरपालिका– ९ गजरिया घाटबाट धनगढी उप–महानगरपालिका– ५ का २९ वर्षीय निराजन थापा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको साथबाट ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस