सुदूर नेपाललाई विश्वसँग जोड्दै

शेयर बजार सामान्य बढ्यो, कारोबारमा गिरावट

२०८२ भदौ १०, ०४:४७

धनगढीः आज शेयरबजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८३ अङ्कले बढेर दुई हजार सात सय ६६.०९ विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन, लघुवित्त र निर्जिवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा सबैभन्दा धेरै अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले बढ्यो ।

आज बिकास हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजाे पाँच अर्ब ७५ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज चार अर्ब १८ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

कमेन्ट लोड गर्नुस