महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्ने
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्यायको अन्त्य गर्नुपर्ने बताउनुभएको छ।
हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तीज मनाउने सम्पूर्ण नेपाली नारीप्रति शुभकामना व्यक्त गर्दै उहाँले असमानताको अन्त्य गरी समतामूलक र प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ। विभिन्न मौलिक पर्वहरूले विविधतामा एकता, धार्मिक, सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले देशका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। रासस