सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२०८२ भदौ ८, ०५:५० खबर संवाददाता

धनगढीः धनगढी-२ स्थित जेसिज एभरेष्ट माध्यमिक विद्यालयका पुर्व-विद्यार्थीहरूको सञ्जाल "जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघ"को तेस्रो अधिवेशन सम्पन्न भएको छ।

आइतवार सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट संघको अध्यक्षमा खेमराज जोशी चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा अमिता कुँवर, सचिवमा दिपेन्द्र बहादुर खड्का, सह-सचिवमा भरत कुँवर र कोषाध्यक्षमा सञ्जिता कुँवर चयन भएका छन्।

त्यस्तै सदस्यहरु गणेश ओझा, भरत खड्का, महेश जोशी, रमेशराज भट्ट, निरञ्जना सिंह, सिद्ध बहादुर ओली, गौरब खड्का र जष्टिन चन्द सहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको अध्यक्ष खेमराज जोशीले जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस