सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश लोकसेवाद्धारा उपसचिवको लिखित नतिजा सार्वजनिक

२०८२ भदौ ६, ०३:४७

धनगढीः प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले उप‑सचिव (प्रदेश लेखा नियन्त्रक)को लिखित नतिजा सार्वजनिक गरेको छ।

प्रशासन सेवाको लेखा समूह तर्फ उपसचिवका लागि जेठ ३० र ३१ गते भएको लिखित परीक्षाको नतिजा आयोगले सार्वजनिक गरेको हो।

आन्तरिक प्रतिस्पर्धातर्फ एक, अन्तर तहतर्फ एक, खुला र महिला तर्फ एकएक पद सङ्ख्या माग रहेकोमा लिखितमा सात जना उत्तीर्ण भएका छन्। आयोगले भदौ १९ गते अन्तरवार्ता हुने जनाएको छ।

 

कमेन्ट लोड गर्नुस