सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मच्छर धपाउन बालेको आगोबाट गोठमा आगलागी  

२०८२ भदौ ५, ०८:०५ खबर संवाददाता

धनगढीः धनगढीमा मच्छर धपाउन बालेको आगोबाट गोठमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका-१४ फुलबारी बस्ने सर्वानन्द चौलागाईको काठ र टिनले बनेको कच्ची गाई गोठमा मच्छर धपाउन बालेको आगोबाट आगलागी भएको हो। आगलागी हुँदा अन्दाजी मुल्य १ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस