बैतडीमा खाल्डोमा गाडेको अवस्थामा बालिकाको शव भेटियो
बैतडीमा खाल्डोमा गाडेको अवस्थामा एक बालिकाको शव भेटिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा ८ वर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपक पातलीले दोगडाकेदार गाउँपालिका घर भई बुवासंगै दशरथचन्द नगरपालिकामा बस्दै आएकी सार्कीको शव बुधबार खाल्डोमा गाडेको अवस्थामा भेटिएको जानकारी दिए। उनी गत असार १८ गतेदेखि वेपत्ता थिईन्। गोठाला गएका स्थानीय महिलाले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालिकाको शव सडेको अवस्थामा भेटिएका अनुसन्धानमा कठिनाई भईरहेको प्रहरीले जनाएको छ।