सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालबाटै यात्रु बोक्न पाउनुपर्ने भन्दै भारतीय ट्याक्सी व्यवसायी आन्दोलित

२०८२ साउन ३१, ०२:१० खबर संवाददाता

धनगढीः कञ्चनपुर सीमा स्थित बनबासा पुलमा धर्ना दिएर भारतीय ट्याक्सी व्यवसायी आन्दोलित भएका छन्।

उनीहरू नेपालबाटै यात्रु बोक्न पाउनुपर्ने माग गर्दै आन्दोलित भएका हुन। उनीहरूले नेपाली प्रशासन विरुद्ध नारा समेत लगाएका छन्। उनीहरूले आफ्ना मान सुनुवाइ नभएर नेपाल भारत मैत्री बस सेवा समेत रोक्ने धम्की दिएका छन्।
यता नेपाली प्रशासनले भने महेन्द्रनगर बजारमा अनुमति बिना छ्यापछ्याप्ती भारतीय ट्याक्सीले सवारी बोक्न थालेपछि नियन्त्रणमा लिन खोज्दा विरोध गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सीमामा पहेँलो नम्बर प्लेटका ट्याक्सी रोकिएपछि भारतपट्टिका ट्याक्सी व्यवसायी भारत क्षेत्रमा विरोध गरिरहेको बताए। उनले विना अनुमति लिएर भारतीय ट्याक्सीले नेपाल भित्रबाटै यात्रु बोल्न नमिल्ने बताए। उनले अहिले सीमा नाका बन्द भने नभएको बताए।

कमेन्ट लोड गर्नुस