कैलालीका सिडिओ र मुख्यमन्त्री बिच छलफल
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको शान्ति सुरक्षाबारे प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्णप्रसाद लम्सालसँग छलफल गरेका छन्।
शनिवार दुवैबिच मुख्यमन्त्री निवासमा भेट भएको सचिवालयले जानकारी गराएको छ। भेटमा सामाजिक विकास मन्त्री मेघराज खड्का पनि उपस्थित थिए। छलफलमा कैलालीको शान्ति, सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको सचिवालयले जानकारी गराएको छ।