धनगढीमा अर्गानिक तरकारी खेतीका लागि गौरा समाजको सहयोग
अर्गानिक अर्थात जैविक तरकारी खेति गर्नका लागि अमेरीकामा रहेको अमेरीकामा रहेका सुदूरपश्चिमेली महिलाहरुको संस्था विसकान्सीन गौरा समाजले आर्थिक सहयोग गरेको छ। गौरा समाजले समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाललाई एक लाख २५ हजार सहयोग गरेको हो। जसमध्ये विसकान्सीन निवासी ऋषिका जोशीले आफुले प्राप्त गरेको पुरस्कार बाट ५० हजार सहयोग गरेकी हुन।
उक्त रकमको चेक धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला भट्ट मिश्र र गौरा समाजका प्रतिनिधी कुल बहादुर खड्काले समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाल सुदूरपश्चिम प्रदेश संयोजक बेद अवस्थीलाई हस्तान्तरण गरेका हुन। सो रकमबाट जैविक तरकारी खेतीका लागि नेट हाउस निर्माण गर्ने अवस्थीले बताईन्। उक्त सस्थाले धनगढी उप–महानगरपालिका १५ मा ८ कठ्ठा जमिनमा नेट हाउस निर्माण गरेर जैविक तरकारी खेती गर्दै आएको छ।