सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागार घटनाः कैदीबन्दीको संख्या यकिन गर्न शशस्त्र पहरी पनि खटाइयो

२०८२ साउन २५, ०५:३६ खबर संवाददाता

कैलाली: कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियार लिएर घटनास्थल छिरेका छन्। मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ।

कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन्।

मानवधिकार सुदूरपश्चिमको टोलीसहित ४० घन्टापछि सुरक्षा निकाय कैदीबन्दी रहेको स्थानमा पुगेको हो।

घटना भएको ४० घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन। घटनास्थलसम्म अहिलेसम्म प्रहरी पुग्न सकेको थिएन।

कमेन्ट लोड गर्नुस