कैलाली कारागारमा घाइते ४४ जनाको कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार हुँदै
कैलालीः कैलाली कारागारमा भएको झडपमा घाइते भएका मध्ये ४४ जनाको तत्कालीन कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार सुरु गरिएको छ।
सेती प्रादेशिक अस्पताल बाट उनीहरुलाई कोरोना अस्पताल सारिएको हो। आईसीयुमा २ जनाको उपचार भइरहेको छ। बिहान १ जनाको उपचार भइरहेको थियो।
थप एक जनाको आइसियुमा उपचार भइरहेको जनाइएको छ। एक जनाको खुट्टको सल्यक्रिया भइरहेको छ। घाइतेका आफन्तहरुले भेट्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।