सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
कञ्चनपुरः सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८० असार १ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकि रहेको कृष्णपुर नगरपालिका–७ शान्तिपुर बस्ने ३६ वर्षीय रतन लोहार पक्राउ परेका हुन्। लोहारलाई इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।