सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपीहिमालमा लाग्ने बिरे जात्राका लागि ३ दिन बिदा

२०८२ साउन २१, ०३:४२ खबर संवाददाता

दार्चुलाः अपीहिमाल गाउँपालिकामा लाग्ने लामो जात्रा बिरे जातका लागि ३ दिन सार्वजनिक बिदा दिइएको छ।

अपीहिमाल गाउँपालिका–३ मा लाग्ने सुर्मा भवानी ‘बिरे जात’ को अवसरमा गाउँपालिकाभरि तीन दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। अपिहिमालको क्षेत्ती, घाँजिरदेखि बझाङको सुर्मासरोवरसम्म लाग्ने सुर्मा भवानीको ‘बिरे जात’को अवसरमा गाँपालिकामातहतका सम्पूर्ण कार्यालयहरूमा बुधबार, बिहिबार र शुक्रवार तीन दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले बताए।

जिल्लाकै सबैभन्दा ठूलो जात्राका रूपमा मनाइने सुर्माभवानीको जात्रा साउन १८ गतेबाट सुरु भएको हो।
 

कमेन्ट लोड गर्नुस