सुदूर नेपाललाई विश्वसँग जोड्दै

धौलिगङ्गा बाँधको ढोका खोलियो, नागरिकलाई सतर्कता अपनाउन आग्रह

२०८२ साउन २०, ०९:१८ खबर संवाददाता

दार्चुलाः भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ।

महाकाली नदीमा जलस्तर बढ्ने भएपछि नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो। उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मङ्गलवार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले २० गते  बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिएको बताए। उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले उल्लेख गरेका छन् ।

कमेन्ट लोड गर्नुस