सुदूर नेपाललाई विश्वसँग जोड्दै

शारदा ब्यारेजमा सवारीसाधन सञ्चालन खुला 

२०८२ साउन २०, ०८:२३ खबर संवाददाता

कञ्चनपुरः महाकाली नदीमा पानीको प्रवाह घटेपछि शारदा ब्यारेजमा सवारीसाधन सञ्चालन खुला गरिएको छ।

पानीको प्रवाह बढेपछि चारपाङ्ग्र्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो। सोमवार साँझ महाकालीमा पानीको बहाव घटेर ९९ हजार ४९० क्युसेक भएपछि सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराले जानकारी दिए। ‘महाकालीमा पानीको प्रवाह एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइएको थियो’, उनले भने, ‘दिउँसो एक लाख ६८ हजार क्युसेक पुगेको थियो, अहिले घटेर ९९ हजार ४००मा झरेको छ।’

कमेन्ट लोड गर्नुस