सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छोराद्धारा हसिया प्रहार गरी बुवाको हत्या, आमाको अवस्था गम्भीर

२०७६ साउन ६, ०७:२८ खबर संवाददाता

कैलालीमा एकजनाले हसिया प्रहार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गयराती हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेको बताए।

यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएको बस्नेतले बताए। उनलाई गयराती नै कोहलपुर रेफर गरिएको छ। हत्या गर्ने रावतलाई भने गयराती नै नियन्त्रणमा लिईसकेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। उनले घरायसी विवादका कारण आमाबुवामाथि धारिलो हतियार प्रहार गरेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस