कैलालीमा पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु
धनगढी : कैलालीमा पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्म भित्र रहेको पानी जम्मा हुने पोखरीमा डुबेर तीन वर्षीय कुशल खनालको मृत्यु भएको हो। नेपाल प्रहरीले राज खनालका तीन वर्षीय छोरा कुशल खनालको शुक्रवार दिउँसो मृत्यु भएको बताएको छ।
उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।