सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीबिच तालमेल नहुँदा धनगढीमा अनियमित विद्युत कटौतीको समस्या

२०७६ साउन ५, ०६:४९ कमल सावद

गत बुधबार देखि धनगढीमा विद्युतको अनियमित कटौतीको समस्या ह्वात्तै बढेको छ। विद्युतमा किन अनियमित कटौती भईरहेको छ भन्ने विषयमा सिङ्गो धनगढी वितरण केन्द्रका कर्मचारी नै अनभिज्ञ छन्। चार दिन सम्म ईन्जिनियरहरुले काम भइरहेको कार्यालय प्रमुखलाई रिपोर्टीङ गर्दै आएपनि अनियमित कटौती भने रोकिएको छैन्। शुक्रवार र शनिवार त गर्मीको समयमा बिजुली नभएपछि राप्रपा युवा संघ, राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनका युवाहरु विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रमा नै पुगे। युवाहरुसंग वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले लुक्नुपर्ने अवस्था सिर्जना भयो। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का नारायण पाण्डेयले युवाहरु आक्रोसमा प्राधिकरणमा पुगेको बताउँदै हाकीम सावले भित्री भएपनि बाहिर छु भनेर फर्काईदिएको बताए। 

धनगढीका युवा दिनेश बमले शुक्रबार विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुखसंग भेट गर्न नपाएको बताए। शनिवार भेटघाटको क्रममा प्रमुख यादवले केहि गल्ती भएको स्वीकार गरेको उनले बताए। ‘जेष्ठ २३ गतेको हावाहुरी पछि समस्या हुदै आएको छ,’ उनले भने, ‘तीन दिन यता विद्युतमा झनै समस्या बढेको छ।’ अर्का युवा प्रतिक जोशीले कर्मचारी खटन–पटन पनि ब्यवस्थीत नभएको बताए। ‘विद्युत कार्यालय ब्यवस्थीत बनाउने कार्यालय प्रमुखले आश्वासन दिनुभएको छ,’ उनले भने, ‘कर्मचारी कुन काममा गएका छन्, रेकर्ड राख्ने भन्नुभएको छ, त्यो हामी निगरानी राख्छौ।’

तीन दिन देखिको विद्युत काटौतिको समस्या समधान नभएपछि विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले शुक्रबार साँझ आफुँ नै फिल्डमा गएको दावी गरे। प्राधिकरणका कर्मचारीहरुले प्रमुखले लगाएको काम नगरेपछि यादव आफै फिल्डमा जाने गरेका छन्। प्रमुखले इन्जिनियरहरुलाई काम लगाउनै नसकेको स्रोतको दावी छ। धनगढीवासीले पनि प्रमुख यादवले कर्मचारीको व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्। 

वितरण केन्द्रको विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरु राजनीतिक दलहरुका विभिन्न कर्मचारी संगठनमा आवद्ध रहेका छन्। जस्ले गर्दा कार्यालय प्रमुखले काम लगाउनै सक्ने अवस्था छैन भने कार्यालय प्रमुख र विद्युतका इन्जिनियरहरुमा तालमेलको पनि अभाव देखिएको छ। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा एक सय १५ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८० जना मात्र कार्यरत छन्। उनीहरुमा पनि आधा मात्र प्राविधिक कर्मचारी छन्। धेरैले त विभिन्न व्याट्री, ईन्भटर विक्री गर्दै आएका व्यवसायीहरुसंग मिलोमतो गर्दै कर्मचारीहरु उज्यालो नेपालको अभियान असफल बनाउन केन्द्रित बनेको आरोप पनि लगाएका छन्। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस