टीकापुरमा १३ वर्षीया किशोरीमाथि करणी
२०८२ साउन ५, ०४:४३
धनगढीः कैलालीको टीकापुरमा १३ वार्षीया किशोरीमाथि करण भएको छ।
जिल्लाको टीकापुर नगरपालिका–४ मौरवियाका ५० वर्षीय राजकुमार चौधरीले १३ वर्षीया किशोरीमाथि करण गरेका हुन्।
नेपाल प्रहरीले सोमवार बिहान चौधरीलाई पक्राउ गरेको छ। किशोरीमाथि करणी भएको उजुरी इलाका प्रहरी कार्यालय, टीकापुरमा दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।
कमेन्ट लोड गर्नुस