कैलाली र कञ्चनपुरमा वर्षा हुँदै
धनगढीः कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ।
कैलालीको धनगढीमा २० दशमलव ६ मिलिमिटर पानी परेको छ। ठूलो पानी परेका क्षेत्र भई बहने खोला आसपासमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले भनेजस्तो अरू ठाउँमा भने खासै ठूलो पानी परेन।
केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाले हिजो दिउँसो मधेशबाहेकका अरू प्रदेशमा र राति गण्डकीदेखि सुदूरपश्चिमसम्मका थोरै ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरेको थियो। तर बितेको २४ घण्टामा कञ्चनपुर र पर्वतमा मात्रै ठूलो पानी परेको महाशाखाको रेकर्डमा उल्लेख छ।