सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा श्रीमानको हँसिया प्रहारबाट खिमाको मृत्यु

२०८२ साउन २, ०३:१५

धनगढीः डडेल्धुराकी एक महिलाको श्रीमानको हँसिया प्रहारबाट मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुलले श्रीमतीको हत्या गरेका हुन्। उनको हँसिया प्रहारबाट ४० वर्षीय खिमादेवी भुलको मृत्यु भएको प्रहरीले बताएको छ। डडेल्धुरा प्रहरीले करनलाई शुक्रवार बिहान पक्राउ गरेको छ। उनले बिहिवार राति श्रीमतीको हँसिया प्रहार गरेर हत्या गरेका थिए।

 

कमेन्ट लोड गर्नुस