सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२०८२ असार २४, ०३:५४ खबर संवाददाता

काठमाडौँ:  स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। 

काठमाडौं परिसरका सूचना अधिकारी अपीलराज बोहराका अनुसार बौद्धको एक घरमा डेरा लिएर बसेका चिनियाँ नगरिक ४० वर्षीय वाङ जियाङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले उनको साथबाट एक करोड ४४ लाख नेपाली रुपियाँ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्धसमेतबाट खटिएको टोलीले वाङलाई डेराबाट पक्राउ गरेको हो ।

कमेन्ट लोड गर्नुस