सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मध्यम वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

२०८२ असार २४, ०५:५५ खबर संवाददाता

कञ्चनपुरः जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा आज (मंगलवार) बिहान मध्यम वर्षा मापन गरिएको छ।

विभागले बिहान ३ः४५ बजे एक सूचना जारी गर्दै पछिल्ला तीन घण्टामा मध्यम वर्षा मापन गरिएको जनाएको हो। थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र हुँदै बग्ने साना खोलानालाहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस