धनगढीमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
२०७६ साउन २, ०७:०९
धनगढीमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्। धनगढीकी १६ बर्षीय युवतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका हुन्।
युवतीलाई ललाईफकाई बिबाह गर्छु भनी गोदवारी नगरपालीका वडा नम्बर २ मा जबरजस्ती करणी गरी पिडित संग भएको नगद तथा जिन्सी समान सहित चोरी गरेको आरोपमा कञ्चनपुरको बेतकोट नगरपालिका ३ का २५ बर्षीय प्रवेश रानालाई पक्राउ गरिएको हो। कैलाली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस