सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत

। फोटो स्रोत ।
२०७६ साउन १, ०५:२६

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराउनु भएको छ। बुधबार दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने स्पष्ट पार्दैे ‘डेट एक्स्पाएर’ भएका आयातित बस्तुहरु उपभोक्ताले प्रयोग गर्नु परिरहेका बेला गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने बताए। त्यसका लागि दुग्ध विकास संस्थानले आफूलाई विश्व बजारमामै प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने मन्त्री उनको भनाई छ।

काठमाण्डौमा आयोजित उक्त कार्यक्रममा खनालले संस्थानलाई घाटामा जान नदिन पनि गुणस्तरीय उत्पादनमा जोड दिनुको विकल्प नरहेको उल्लेख बताउंदैे संस्थानले उत्पादन गरेको डीडीसी दूधको बजार राम्रो रहेको उल्लेख गर्दै त्यसलाई पनि अझै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए।

दुग्ध विकास संस्थानलाई किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने चेतावनी दिंदै उनले उपभोक्तालाई मारमा नपारी डीडीसीले नाफा कमाउनु पर्ने बताए। ५० वर्ष लामो अनुभवलाई उपयोग गर्न पनि उनले  डीडीसीलाई आग्रह समेत गरे।  ‘डीडीसीलाई अझै राम्रो बनाउन सकिन्छ। दूधको क्षेत्रमा ५० वर्षको अनुभव थोरै होइन। अझै पनि राम्रोसँग सोचेर कमजोरी केलाउनु पर्छ। जे पर्छ म व्यहोर्छु भनेर पाउडर दूध रोकेको हो, उनले भने।’

कमेन्ट लोड गर्नुस