सुदूरश्चिम प्रदेश सरकारले पौने नौ अर्व बजेट खर्च गर्न सकेन
आर्थिक बर्ष २०७५/०७६ सकिएर आजदेखि चालु आर्थिक बर्ष २०७६/०७७ सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले हिजो सकिएको गत आर्थिक बर्षमा झण्डै पौने नौँ अर्व बजेट खर्च गर्न नसकेर फिर्ता जाने भएको छ। प्रदेश सरकारले ८ अर्व ७० करोड गत आर्थिक बर्षमा बजेट खर्च गर्न नसकेको हो। प्रदेश सरकारलको गत आर्थिक बर्षमा आन्तरिक आम्दानी बाहेक २२ अर्व ९० करोड बजेट रहेकोमा १४ अर्व २० करोड मात्रै खर्च भएको छ।
प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार गत आर्थिक बर्षमा विकास तर्फको ११ अर्व ७१ करोड बजेट रहेकोमा त्यस्को साढे ६१ प्रतिशत अर्थात सात अर्व २२ करोड छ लाख मात्रै खर्च भएको छ। यस्तै चालु तर्फ ११ अर्व १७ करोड बजेट रहेकोमा ६ अर्व ९७ करोड ६५ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका लेखा नियन्त्रक बासुदेव जोशीले बताए। प्रदेश सरकारले असार महिनामा मात्रै विकास तर्फको झण्डै ४० प्रतिशत बजेट खर्च गरेको हो।