कञ्चनपुरबाट २ लाख २० हजारको अवैध सामान बरामद

२०८२ जेठ ९, ०३:४२
धनगढी : कञ्चनपुरबाट २ लाख २० हजारको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी भुडाको टोलीले अवैध भन्सार छलीको सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले त्रिभुवनबस्तीले २ लाख १२ हजार मूल्य बराबरको र भुडाले सात हजार आठ सय मूल्यको भन्सार छलीको सामान बरामद गरेको बताएको छ।

प्रहरीले एक थान मोटरसाइकलसहित भन्सार छलीको सामान बरामद गरेको हो।
कमेन्ट लोड गर्नुस