कञ्चनपुरमा भन्सार छलीका सामान नियन्त्रणमा

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
भीमदत्त नगरपालिका–४ बसपार्क, पुनर्वास नगरपालिका–६ टाउन बजार र बेलौरी नगरपालिका–१० पन्त चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य २ लाख ८८ हजार ६५० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

भन्सार छलीको साबुन, चियापत्ती, बिस्कुट, खुर्सानी, गाँजर, कागती, प्रेसर प्लेट, पिस्टन, क्लोज, ओईल फिल्टर, ओईल किट, ग्याँस किट, प्लाष्टिक डोरी, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

