सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पनि भायानेटको शाखा विस्तार

२०७६ असार ३१, ११:०८ खबर संवाददाता

भायानेट कम्युकेशन प्रालीले धनगढीमा पनि शाखा विस्तार गरेको छ। प्रालीले सोमवार एक औपचारिक कार्यक्रमकाबिच धनगढीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। प्रालीले सुलभ मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा पनि शाखा विस्तार गरेको  भायानेट धनगढीका प्रबन्धक अशोक कुमार खातीले बताए। सोमबार शाखा कार्यालयको धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले गरेका थिए। कार्यक्रममा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादव, नेपाल टेलिकमका इन्चार्ज तिलक धामी लगायतको सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस