सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोठालोबाट केक किन्दा आमालाई ब्लाउज

२०८२ वैशाख १४, १०:५२

धनगढीः मातातीर्थ औँसीको अवसर पारेर धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित ‘गोठालो’ले मानवसेवा आश्रममा आश्रित आमाहरूलाई विशेष उपहार प्रदान गरेको छ।

आइतवार गोठालोले आश्रमका आमाहरूलाई नयाँ ब्लाउज वितरण गरेको हो। मातातीर्थ औँसी आमाप्रतिको सम्मान र प्रेम व्यक्त गर्ने विशेष दिन भएकाले, ‘गोठालो’ले हिजो र आज गोठालोबाट केक किन्ने प्रत्येक ग्राहकलाई पनि आमाका लागि ब्लाउज उपहार दिइरहेको छ।

कार्यक्रममा गोठालोका सञ्चालक दिनेश भट्टले भने, ‘आमाप्रतिको सम्मानको सन्देश फैलाउन हामीले सानो प्रयास गरेका हौं।’ उनले आगामी दिनमा पनि समाजसेवामा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे।

 

कमेन्ट लोड गर्नुस