सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोहलपुर नगरपालिकाको प्रविधि हस्तान्तरणपछि फस्टाएको बेमौसमी तरकारी खेती

बाँकेको कोहलपुर नगरपलिकाले बेमौसमी तरकारी खेती गर्दै आएका किसानलाई प्राविधिक सहयोग गर्दै आएको छ। नगरपालिकाको कृषि शाखाले प्रविधी हस्तान्तरण गरेपछि झण्डै २० कठ्ठा जग्गामा स्थानीयले बेमौसमी तरकारी खेती सुरु गरेका छन्। उनीहरुले अहिले बेमौसमी तरकारी खेतीबाटै मासिक २५ देखि ३० हजार सम्म आम्दानी गरिरहेको कोहलपुर नगरपालिकाकी कृषि अधिकृत कल्पना नेपालीले बताईन्। उनले नगरपालिकाले किसानहरुलाई निःशुल्क प्रविधि हस्तान्तरण गर्नुका साथै प्राविधिक सहयोग समेत गर्दै आएको जानकारी दिईन्।

कमेन्ट लोड गर्नुस