सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीबाट भन्सार छलीका सामान वरामद

२०८२ वैशाख ५, ०४:५४ खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरीबाट भन्सार छलीका सामान वरामद गरिएको छ।

बिहीवार गोदावरी नगरपालिका–१ र ४ स्थित हनुमान मन्दिर नजिकबाट बेवारिसे अबस्थामा छाडिएका सुट, साडी, धोती, ईलेक्ट्रोनिक सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त स्थानबाट प्रहरीले करिब १ लाख ३० हजार ६५० मूल्य बराबरका अवैध सामान बरामद गरि भन्सार कार्यालय कैलालीमा बुझाइएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस