सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट चोरीका २ ट्याक्टरसहित चालकहरू पक्राउ

२०८१ चैत्र ११, ११:०० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरबाट चोरीका २ ट्याक्टरसहित चालकहरू पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाको संयुक्त टोलीले भारतीय नम्बरका ट्याक्टरसहित चालकहरुलाई पक्राउ गरेको हो।

जिल्लाको बेलौरी नगरपालिका– १० सडकघाटबाट भारतीय यूपी२०बिएच २४१५ र आरएलएफ२एमबि ४१७६९ नम्बरका ट्याक्टरहरु नियन्त्रणमा लिइएको छ। जिल्ल मुरादावाद भोजपुरका २३ वर्षीय साजी दलेल र सोहि ठाँउका मिठ्ठु सिंहलाई नियन्त्रणमा हो। ट्याक्टरसहित उनीहरूलाई भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस