‘मिसन २०२६’ खेलकुद अभियान

काठमाडौँः राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सुरु गरिएको ‘मिसन–२०२६’ खेलकुदको महत्वपूर्ण अभियान भएको बताए।
‘मिसन–२०२६’ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे। राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सञ्चालन गरेको विशेष प्रशिक्षणको समिक्षा कार्यक्रममा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक हुने बताए।
प्रशिक्षणका क्रममा हुने समस्या समाधान तत्काल गर्न उनले निर्देशन दिए। कार्यक्रममा विशेष प्रशिक्षणका प्रशिक्षकहरुले खेलाडीमा खेल क्षमता वृद्धि हुँदै गएको प्रतिवेदन पेश गरेका थिए। राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले समिक्षा बैठकले आगामी दिनमा प्रशिणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने उल्लेख गरे।


हाल विशेष प्रशिक्षणमा ११ खेलका ९९ खेलाडी छन् । छयालिस महिला र ५३ पुरुष खेलाडीलाई २२ प्रशिक्षकले प्रशिक्षण दिइरहेका निर्देशक विष्टले जानकारी दिए। कराते, बक्सिङ, उसु, जुडो, पुरुष÷महिला कबड्डी, महिला भलिबल, गल्फ, कुश्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडी विशेष प्रशिक्षणमा छन् ।

