बैतडीको पाटनमा भोलि शोक बिदा

२०८१ चैत्र २, ०४:१०
बैतडी–बैतडीको पाटन नगरपालिकाले भोलि (आइतवार) शोक बिदा दिएको छ।
पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतवार शोक बिदा दिइएको हो। नगरपालिकाले सूचना जारी गर्दै आइतवार शोक विदा दिएको बताएको छ।
केसीको फागुन २८ गते असामयिक निधन भएको थियो। केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ। भोलि नगरपालिका मातहतका सबै कार्यालयहरूमा शोक बिदा रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितकुमार पाण्डेयले बताए।




कमेन्ट लोड गर्नुस