कैलालीका होटेल व्यवसायी कञ्चनपुरमा कुटिए

धनगढी: कैलालीका एक होटेल व्यवसायी कञ्चनपुरमा कुटिएका छन्।
कैलालीको अत्तरियामा रहेको हाम्रो सुदूरपश्चिम होटेलका सञ्चालक लोकबहादुर विष्ट कञ्चनपुरमा कुटिएका हुन।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीमा ५५ वर्षीय विष्टमाथि कुटपिट भएको हो। शुक्रवार साँझ कृष्णपुर नगरपालिका– २ बाणीमा उनीमाथि कुटपिट भएको प्रहरीले बताएको छ। बाणीका स्थानीय बिष्टलाई लालझाडी गाउँपालिका– ५ का ललित मल्लले कुटपिट गरेको प्रहरीले बताएको छ। विष्टको टाउकोमा चोट लागेको छ।


कुटपिटबाट घाइते विष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। शुक्रवार बिहान सामान्य वादविवाद हुँदा कुटपिट भएको बताइएको छ।

‘बिहान चिया पसलमा बसेको बेला सामान्य वादविवाद भएको थियो। राजाका विषयमा सामान्य वादविवाद भएको थियो। त्यति बेला सामान्य वादविवाद भए पनि हामी आ–आफ्नो घर गएका थियौ’ उनले भने ‘पछि साँझ बजार तिर आएको बेला पछाडिबाट मेरो टाउकोमा हान्यो। म त्यही ढलेको थिए।’

उनले कुटपिट गरेर ज्यान मार्ने धम्की पनि दिएको उनले बताए। उनले अत्तरियामा होटेल व्यवसाय गर्न सक्दैनस् मारिदिन्छु भनेर धम्की दिएको बताए।