सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर प्रदेशमा बस दुर्घटना : २९ जनाको मृत्यु

२०७६ असार २३, ०३:४७ खबर संवाददाता

उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २९ जनाको ज्यान गएको बुझिएको छ। उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २९ जनाको ज्यान गएको र अन्य २३ यात्रु सख्त घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन। भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो। दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन। 

कमेन्ट लोड गर्नुस