कञ्चनपुरको २ स्थानमा आगलागी

२०८१ चैत्र १, ०९:५१
कञ्चनपुरः कञ्चनपुरको २ स्थानमा आगलागी भएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका-५ को गौरी शान्ति टोलको एक घरमा आगलागी भएको हो। आगलागी हुँदा ६० हजारको क्षति भएको छ।
यस्तै भीमदत्त नगरापालिका-८ को पशुपति टोलमा आगलागी भएको छ। गोठमा आगलागी हुँदा २० हजार बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागीबाट मानवीय तथा पशु क्षति नभएको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस