सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित दुई जना किशोर पक्राउ 

२०८१ फाल्गुन २९, ०७:४२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना किशोर पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने १७ वर्षीय दुई जना किशोरलाई २ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस