सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको एक घरमा आगलागी, ५ लाखको क्षति

२०८१ फाल्गुन २६, ०४:५१ खबर संवाददाता

धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–२ डोङपुर बस्ने छबिलाल चौधरीको घरमा सोमवार विद्युत् सर्टभई बिहान आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट नगद, सुन, काठ, लत्ताकपडा लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। प्रहरीले र स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस