सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको एक गोठमा आगलागी

२०८१ फाल्गुन २६, ०७:३७ खबर संवाददाता

धनगढीः कैलालीको एक गोठमा आगलागी भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिबपुर बस्ने खुकुरी चौधरीको गोठमा नजिकै बालेको आगोबाट आइतवार आगलागी भएको हो।

आगलागी हुँदा काठ, भुसा, मोटरसाइकल लगायतका सामान गरी अन्दाजी मुल्य तिन लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा मानविय तथा चौपाय क्षती नभएको र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस